पाँच स्थानमा हवाइ फायर, सत्ता गठवन्धनका दलविचमै झडप

काठमाडौं, ३० बैसाख । मुलुकभर जारी स्थानीय तहको निर्वाचनमा विहानै पाँच स्थानमा प्रहरीले गोली चलाएको छ ।

गोरखा, रामेछाप, सर्लाही र हुम्लाका विभिन्न मतदानस्थलमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
अनौठो के छ भने सत्ताधारी दलहरु वीचमै पनि झडप भएका खबरहरु आएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका, वार्ड नं ७ स्थित ज्ञानमार्ग माविमा नेपाली काँग्रेस र माओबादी केन्द्रका कार्यकर्तावीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै रामेछापको खाँडादेवी गाउँपालिका, वार्ड नं १ र मन्थली नगरपालिका वार्ड नं १२ मा झडप हुँदा प्रहरीले हवाइफायर गरेको छ । त्यसैगरी, सर्लाहीको धनकौल गाउँपालिकामा मतदान प्रतिनिधि छनोट विवादमा ढुँगामुढा हुँदा प्रहरीले हवाइ पायर गरेको छ भने हुम्लाको चंखेली गाउँपालिकामा नेपाली काँग्रेस, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारवीच झडप भएको छ ।
त्यहाँ पनि प्रहरीले हवाई फायर गरेको छ ।

यसैवीच काभ्रेको कात्तिके देउराली गाउँपालिका – छ मा मतपेटिका फोरिएको छ । दोलखाको वैतेश्वर गाउँपालिका, वार्ड नं १ र २ स्थित मतदान केन्द्रमाा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता झडपमा उत्रिएका छन् । त्यहाँ मतदान रोकिएको छ ।

त्यस्तै बाराको देवताल गाउँपालिका, वार्ड नं ७ मा नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ता आक्रमणमा उत्रिंदा केही वेर मतदान प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here