भावनाहरू पोख्न सामाजिक सञ्जालको सहारामा समीक्षा, लेख्छिन्–’सबैको नजरमा राम्रो बन्न सकिँदैन’

काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारीले सबैको नजरमा राम्रो बन्न नसकिने बताएकी छिन्।

आफ्ना भावनाहरू पोख्न सामाजिक सञ्जालको सहारा लिँदै उनले आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर सार्वजनिक लेखेकी छिन्, हर कोहीको नजरमा राम्रो बन्न त सकिदैन। बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।’

गायिका अधिकारी विभिन्न व्यक्तिगत कारणले पछिल्लो समय आफ्नो क्षेत्रमा सक्रिय छैनन्। लामो समयदेखि उनी गायनबाट टाढिएकी छिन्।

बीचमा केही समय सामाजिक सञ्जालदेखि मिडियाबाट पनि टाढा रहेकी अधिकारी पछिल्लो समय पुनः सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन् ।

करिब दुई महिनाभन्दा लामो समय यसबाट टाढा रहेकी उनले अप्रिल २८ मा कसैको लागि आफू हार्न तयार भएको भन्दै स्टाटाससहित सञ्जालमा कमब्याक गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here