धादिङको रुवीभ्यालीमा माओवादी केन्द्र विजयी, भत्कियो राप्रपाको गढ

काठमाडौं, ३ जेठ । धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राम सिंह तामाङ गाउँपालिका अध्यक्षमा र नेपाली कांग्रेसका फे लामा तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।

जितका लागि राम सिंह तामाङले २ हजार ७ सय ९२ मत ल्याएका थिए भने उनको प्रतिद्वन्दी राप्रपाका गोम्बा घलेले २ हजार ५ सय ९७ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङले २ हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धि राप्रपाका उम्मेदवार धनकुमारी तामाङले २ हजार १ सय ३२ मत प्राप्त गरे ।

चुनावी तालमेलले यो पटक राप्रपाको गढ भत्काउन सम्भव भएको हो । रुवीभ्यालीमा राप्रपाको हारले राप्रपाको केन्द्रिय उपाध्यक्ष बुद्धिमान तामाङ्लाइ झड्का दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here