संसदमा उपस्थित हुन अर्थमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं, ५ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा संसदमा छलफल हुँदा पनि अर्थमन्त्री प्रत्यक्ष सहभागी नभएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद्मा उपस्थित हुन अर्थमन्त्री शर्मालाई निर्देशन दिए ।

यसपछि छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि अर्थमन्त्री शर्माको अनुपस्थितिको विरोध जनाए ।

बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here