बालेनको मत ५० हजार नाघ्यो, सिंह र स्थापितलाई अर्का स्वतन्त्र उम्मेदवार सायमीको झड्का

काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले एमालेका केशव स्थापितलाई पछि पारेकी छन्। काठमाडौँको हालसम्म १ लाख ५० हजार ५ सय १६ मत गनिएको छ ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहको मत ५० हजार नाघेको छ ।

साहले ५० हजार ३० मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत पाएकी छिन् । सिंह साहभन्दा १९ हजार २ सय ६३ मतले पछाडि रहेकी छिन् ।

यस्तै, एमालेका केशव स्थापितले ३० हजार १५ मत पाएका छन् ।

तिखिझ्या: चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार सुमन सायमिले ८ हजार ८ सय ३० मत हासिल गरेका छन्। उनको उम्मेदवारीको खासै चर्चा थिएन तर भित्री शहरमा उनले राम्रो मत बटुलेका छन्।

काठमाडौं महानगरमा अब ४० हजार मत गन्न बाँकी छ। कोर एरियामा सिंह र स्थापितले अपेक्षा गरिए अनुसारको मत ल्याउन सकेका छैन् । उनिहरुलाई लाई तिखिझ्यास् चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले झड्का दिएका छन् ।

१० बजेसम्मको अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here