सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड, वार्षिक १०.५० प्रतिशत ब्याजदर

काठमाडौं, १० जेठ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २ अर्ब २० करोड रुपैयाँको ‘सेञ्चुरी डिबेन्चर २०८८’ बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान ९ः३० बजे यो ऋणपत्र बाँडफाँड गरिएको हो।

१० वर्षे अवधिको वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको यो ऋणपत्रका अंकित मूल्य १ हजार रुपैयाँ दरका कुल २२ लाख इकाइ बिक्री गरिएको थियो।

जसमा १३ लाख २० हजार इकाइ परिपत्र विधिबाट र ८ लाख ८० हजार इकाइ (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार इकाइसहित)सर्वसाधारणलाई बिक्री गरिएको थियो।

सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकलाई कुल २१ लाख ९० हजार इकाइ डिबेन्चर नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बाँडफाँड गरिएको छ।

सर्वसाधारणलाई यो ऋणपत्र गत वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म बिक्री खुला गरिएको गरिएको थियो। उक्त अवधिभित्र मागबमोजिम नै आवेदन परेको थियो।

सर्वसाधारणका लागि निष्कासित कुल इकाइमध्ये सामूहिक लगानी कोषबाट माग भई आएको १० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी ८ लाख ७० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएको क्यापिटलले जनाएको छ।

जसमा सी–आस्बा प्रणालीमार्फत आवेदन दिने २ हजार २७२ आवेदकबाट ७८ हजार ७८५ इकाइका लागि खरिद आवेदन प्राप्त भएकोमा १० जना आवेदकको हकमा निजहरुको अनुरोधबमोजिम ४१५ इकाइ रद्द गरी बाँकी २ हजार २६२ आवेदकबाट प्राप्त ७८ हजार ३७० इकाइ र परिपत्र विधिबाट बिक्रीका लागि छुट्याइएको १३ लाख २० हजार इकाइ डिबेन्चरमा सर्वसाधारणका तर्फबाट आवेदन प्राप्त नभएको ७ लाख ९१ हजार ६३० इकाइ समावेश गरी जम्मा २१ लाख ११ हजार ६३० इकाइ परिपत्र विधिबाट बिक्री खुल्ला गरिएको क्यापिटलले जनाएको छ। जसमा मागबमोजिम नै अर्थात २१ लाख ११ हजार ६३० इकाइ खरिदका लागि दरखास्त परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here