ओपोकाे एफ११ ‘ज्वेलरी ह्वाइट’ रंगमा सार्वजनिक, मूल्य ३५ हजार ४९० रुपैयाँ

काठमाडौं, ३० असार । स्मार्टफोन ब्राण्ड ओपोले एफ११ स्मार्टफोनलाई तेस्रो रंग ‘ज्वेलरी ह्वाइट’मा सार्वजनिक गरेको छ ।

पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दुई रंगमा सार्वजनिकगरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो ।

यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ । तेस्रो रंगमा सार्वजनिक नयाँ ओपो एफ११ले पनि पछिल्ला मोडलले झैँ उपभोक्ताको निरन्तर माया पाउनेमकम्पनी विश्वस्त रहेको छ ।

नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ११का बारेमाबोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ माया र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ।’

सार्वजनिक भएसंगै एफ११ सिरिजका स्मार्टफोनलाई नेपाली बजारमा कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट पोट्रेट फोटोग्राफी क्षमताका तथा यसमा सामाहित विभिन्न नवप्रबर्तनात्मक प्राविधिहरुका लागि निकै सराहना तथा माया प्रदान गरिएको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here