गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिउडान १ लाख भन्दा बढी छूट पाउँदै वायुसेवा कम्पनी

काठमाडौं, १२ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा यसै वर्ष संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षक छूट अफर ल्याएको छ ।

विभिन्न शुल्कमा शतप्रतिशत छुट दिँदै प्राधिकरणले यस्तो अफर एक वर्षसम्म लागु हुने बताएको छ । अहिले यस विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरवेजले तोकिएको शूल्कमा हरेक उडानमा १ लाख रुपैयाँसम्म छूट पाउँछ ।

साताम तीन उडान गर्ने यो कम्पनीले एक सातामै प्राधिकरणलाई बुझाउनु पर्ने शूल्कमा तीन लाख रुपैयाँसम्म छूट पाउँछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस विमानस्थलमा अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको हो ।

यस्तो छुट १४ जेठ ९२८ मे २०२२०बाट लागू हुने भएको छ । विमानस्थल प्रमुख दाहालका अनुसार विमानस्थलहरुमा जहाजको तौलका आधारमा शुल्क लिने गरिन्छ । यो विमानस्थल १ जेठबाट नियमित संचालनमा आएको छ । विमानस्थलमा थप वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस्तो अफर ल्याएको प्राधिकरणको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here