राहदानी विभागले आइतबार पनि सेवा दिने

काठमाडौं, १२ जेठ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि राहदानी विभागले आइतबार पनि सेवा दिने भएको छ ।

विहीवार एक सूचना जारी गर्दै सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत सेवा दिन लागेको जनाएको हो ।

१५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

‘राहदानीको लागि आवेदन दिइ सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here