काठमाडौं, १२ जेठ । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ८.९० अंकले बढेर २२३९.६० विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२२ कम्पनीको ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँ बराबरको २३ लाख २० हजार ८१६ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ९ वटामा बढेको छ भने अन्य ५ वटा राताम्मे भएका छन् ।
अघिल्लो दिनको तुलनामा बुधवार कारोबार रकम घटेको छ । त्यसदिन १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मेगा बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
कारोबारको आधारमा आज सबैभन्दा बढी मेगा बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, आज गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.४७ प्रतिशतले घटेको छ ।