मौद्रिक नीति समीक्षा: ४/१२ शेयर कर्जा सीमा यथावत, के–के भयो परिवर्तन ? (पूर्णपाठसहित)

काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले कुनै पनि व्यवस्था हेरफेर नगरी समीक्षा गरेको छ ।

समीक्षा मार्फत् मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखिएको भनेको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत ४–१२ करोडको शेयर धितो कर्जामा परिवर्तन हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । तर राष्ट्र बैंकले यो व्यवस्थालाई यथावत राखेको छ ।

यस्तै, मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने उल्लेख छ ।

विभिन्न ४७ प्रमुख शीर्षक अन्तर्गतका हार्माेनिक कोड भएका वस्तुहरुको आयातको लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

तातोपानी भन्सार बिन्दुमार्फत हुने आयात कारोबारको सम्बन्धमा अधिकतम अमेरिकी डलर ३ हजारसम्मको सामान आयातको लागि नगद विदेशी मुद्रा उपलब्ध गराउन सकिने विद्यमान
व्यवस्थालाई हटाइएको छ ।

वाणिज्य बैंकले तोकिएका शर्तहरू पालना हुने गरी परिवत्र्य विदेशी मुद्रामा बचत निक्षेप संकलन तथा परिचालन गर्न संचालित खातामा कायम हुनुपर्ने विद्यमान न्यूनतम मौज्दात परिवर्तन गरी अमेरिकी डलर एक हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

के–के भयो परिवर्तन ? (पूर्णपाठसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here