दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार

काठमाडौं, १३ जेठ । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)१९.२७ अंकले घटेर २२२०.३३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २२३ कम्पनीको १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँ बराबरको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सुधार आएको छ । ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यद्यपि कारोबार दिनहुँ घटेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । भने एक वटाको बढेको छ । एक कम्पनीको शेयरमूल्यमा ६ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ । रुरु जलविद्युत परियोजनाको शेयरमूल्य ६.१३ प्रतिशतले बढेरको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज १७ करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, अप्पर तामाकोशी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र साम्लिङ पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here