राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी र रुकुम पश्चिमका स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकितदरले ६ करोड १२ लाख ७९ हजार ३०० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । स्थानीयले असार ७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असार २२ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा, ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here