नीति तथा कार्यक्रमको हस्तकला महासंघद्धारा स्वागत, सार्क हस्तकला विकाशकेन्द्र सञ्चालन नगरेकोमा गुनासो

काठमाडौं, १३ जेठ । हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघद्वारा नेपाल सरकारबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष २०७९/८० को सरकारको बजेटमा हस्तकला क्षेत्रको समग्र विकासको लागि कार्यक्रम सहित बजेट बिनियोजन हुने अपेक्षा राख्दै महासंघले यसको स्वागत गरेको हो ।

नीति तथा कार्यक्रममा उल्लेख भएका रोजगारमूलक, सीप विकास, सीप अभिवृद्धि र प्रविधि हस्तान्तरण सम्बन्धी तालीमहरु संचालन गर्ने जिम्मेवारी यस महासंघलाई नेपाल सरकारबाट प्रदान गरिएमा परिणाममुखि प्रतिफल प्राप्त हुने गरी कार्य सम्पादन गर्ने नेपाल सरकारलाई महासंघ विश्वास दिलाउन चाहन्छ ।

नीति तथा कार्यक्रममा उल्लेख हस्तकलाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन जस्ता कार्यक्रमहरुमा नेपाल सरकारसंग सहकार्य गर्न महासंघ सदैव तत्पर रहेको समेत बताएको छ ।

तर हस्तकला क्षेत्रको दिगो र दीर्घकालिन विकासको लागि कोशे ढुङ्गा सावित हुने हस्तकला ग्रामको स्थापना, महासंघले मस्यौदा गरी नेपाल सरकार – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्तुत गरेको राष्ट्रिय हस्तकला विकास नीतिको कार्यान्वयनमा सरकारले कदम नचालेकोमा भने दुखद भएको महासंघले बताएको छ ।

त्यस्तै सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार स्थापना भई संचालन गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण पूरा भई सक्दा पनि उक्त केन्द्रको संचालन गर्ने सम्बन्धमा नीति तथा कार्यक्रम मौन रहनु दुःखद पक्ष रहेको महासंघको प्रतिक्रिया दिएको छ ।

महांघल। उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने, आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसंग आवद्ध गाित्मक रहेको बताएको छ ।

त्यस्तै उत्पादनमूलक र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई निर्यात प्रवद्र्धन गरिने, यस्ता उद्योगलाई औसत बाह्य ऊर्जा व्यापार दर भन्दा बढि नहुने गरी विद्युत महशुलमा सहुलियत उपलब्ध गराइने जस्त कुराको स्वागत गरेको छ ।

त्यसैगरी महासंघले लघु, घरेलु तथा साना उद्योगका लागि उद्यमशीलता विकास, वित्तिय पहुँच उत्पादनको बजारिकरण र निर्यात सहजिकरणको प्याकेज तयार गरी कार्यान्वयन गरिने कुरा सकारात्मक रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here