नेपालको कुल व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड

काठमाडौं, १४ जेठ । नेपालको कुल व्यापार घाटा ३४ दशमलव ५ प्रतिशत नाघेको छ । शनिबार अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा चालु आर्थिक वर्षको ८ महिनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको उल्लेख गरिएको हो ।

आर्थिक वर्ष २०७७\०७८ मा व्यापार घाटा १.६ प्रतिशतले बढेको थियो । अहिले दोब्बर भन्दा बढीले बढेको हो ।

त्यस्तै चालु आवमा वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको छ । यता निर्यात भने १ खर्ब ४७ अर्ब ७५ करोड मात्रै रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here