२ लाख २७ हजार गरिब घरपरिवार पहिचान

फाइलफोटो

काठमाडौं, १५ जेठ । सरकारले देशका २३ जिल्लाबाट २ लाख २७ हजार गरिब घरपरिवार पहिचान गरेको छ।

आर्थिक वर्ष २०७७/७८ बाट संकलित २३ जिल्लाका २१४ स्थानीय तहको तथ्याङ्क प्रशोधन गरी अर्थ मन्त्रालयले पहिचान भएका गरिब परिवारको तथ्यांक सार्वजनिक गरेको हो।

त्यसैगरी आर्थिक वर्ष २०७८र७९ को फागुनसम्म १५ जिल्लाका १८३ स्थानीय तहका ११ लाख ५० हजार तथ्याङ्क प्रशोधन कार्य शुरु भएको अर्थ मन्त्रालयद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्लेख छ।

पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीलाई ९.५ प्रतिशत र बहुआयामिक गरिबी ११.५ प्रतिशतमा झार्ने लक्ष्य हासिल गर्नु थप चुनौतीपूर्ण बनेको सर्वेक्षणमा उल्लेख छ।

निर्देशिकाले परिवारको आकार, शैक्षिक अवस्था, औसत आयु, आम्दानीका स्रोत र आश्रित व्यक्ति, घरको स्वामित्व, छानो र कोठा, पिउने पानी, शौचालय र इन्धनको उपयोग, सवारी साधन, सञ्चार सुविधा, चौपाया, भौगोलिक बनावट, जातिगत समूह र अन्य सम्पत्तिको आधारलाई गरिब पहिचानका सूचक तोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here