६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडियो, ६ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच बहिर

काठमाडौं, १५ जेठ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

२०७८ असारसम्म कुल जडित विद्युत क्षमता १ हजार ६ सय ८५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो।

सरकारले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना तयार भई विद्युत् उत्पादन नियमित भइरहेको छ।

अहिले जलविद्युतबाट २ हजार २२ मेगावाट, सौर्य प्लान्टबाट ४९.७६ मेगावाट, थर्मल प्लान्टबाट उत्पादित विद्युत ५३.४ मेगावाट, वैकल्पिक अर्जा प्रवर्छन केन्द्रबाट ७४ मेगावाट तथा चिनी मिलबाट सह-उत्पादन प्रविधि मार्फत ६ मेगावाट विद्युत उत्पादन भइहरको छ ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत परियोजनाबाट ५८१ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित विद्युत परियोजनाबाट १ हजार ४ सय ४० मेगावाट राष्ट्रिय ग्रीडमा जडान गरिएको छ ।

२०७८ फागुनसम्म विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ५२ लाख२८ हजार (सामुदायिक संस्था बाहेक) पुगेको छ । सामुदायिक संस्था अन्तर्गत विद्युत् उपयोग गर्ने ग्राहकको संख्या करिव ५ लाख ८० हजार रहेको छ ।

रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्यभोटेकोसीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट एक हजार ५५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य थियो।

लक्ष्यअनुसार प्रगति हुन नसकेको उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विवरणअनुसार राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ४२.६८, माथिल्लो त्रिशुली थ्री बीको भौतिक प्रगति ६१.५, रसुवागढी आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत, माथिल्लो साञ्जेनको ९३ प्रतिशत, तल्लो साञ्जेनको भौतिक प्रगति ८६ प्रतिशत र मध्यभोटेकोसीको भौतिक प्रगति ८० प्रतिशत बराबर छ।

यसअवधिमा ५०० घरधुरीमा निःशुल्क बिजुली मिटर जडान र थप पाँच–पाँच जिल्लामा विद्युतीकरण सम्पन्न भएको छ।

चालु आवमा उखुको बगासबाट तीन मेगावाट बिजुली र सौर्य ऊर्जाबाट १४ मेगावाट गरी थप १७ मेगावाट बिजुली उत्पादन भएको छ।

त्यस्तै, ७२ हजार थान थ्री फेज स्मार्ट मिटर खरिद गरिएको, हालसम्म ४३ हजार ९३० थान प्रतिस्थापन गरी एएमआई प्रणालीमा जोडिएको छ। त्यस्तै, २४ हजार ९३९ थान नयाँ ग्राहकमा जडान भएको छ।

चालु आवको चैत मसान्तसम्म १७ लाख ५३ हजार ६४२ व्यवसायी स्थायी लेखानम्बर जारी भएको, २९ लाख चार हजार ७७१ व्यक्तिगत लेखा नम्बर, दुई लाख ९० हजार ८२६ मूल्यअभिवृद्धि कर र एक लाख १४ हजार ८८३ अन्तःशुल्कमा दर्ता भएका छन्।

२०७८ फागुनसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । २०७८ असारसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here