बजेट: कर्मचारीको तलब सामान्य बढ्ने, वृद्धभत्ता पाउने उमेर घटाइने

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ ।

जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।

अर्थमन्त्री शर्माले आइतबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने तयारी थालिएको जनाइएको छ ।

यसैबीच सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बनाउने तयारी गरेको छ । यसअघिनै प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने भनेका थिए ।

तथापि यसको विरोध भएपछि यो उमेर ६८ वर्ष कायम गर्न लागिएको स्रोतले बतायो । निजामती कर्मचारीको तलब वृद्धिमा पनि सामान्य वृद्धि गर्ने तयारी आर्थमन्त्रालयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here