पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

फाइलफोटो

काठमाडौं, १५ जेठ । १९ जना यात्रु लिएर विहान पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । जहाजबारे खोजविन सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here