उपहार सम्बन्धि एसएमएसबारे अनुसन्धान गर्दै प्राधिकरण, प्रयोगकर्तालाई सचेत हुन आग्रह

काठमाडौं, १५ जेठ । नेपाल दुरसञ्चार प्राधिकरणले पछिल्लो समय उपभोक्तलाई विभिन्न प्रकारका उपहार सम्बन्धि एसएमएसआएकोमा ध्यानाकर्षण भएको बताएको छ ।

उपभोक्तलाई “BUMPER OFFER of the year Subscribe to this link https://bit.ly/31glDPU in just NPR 20/week and get a chance to win grand prize of 10gms Gold” भनी लिंक सब्सक्राइव गर्न लगाएर पुरस्कार दिने एसएमएस आएको छ । सो लिंक सहितको एसएमएसप्रति सचेत रहन प्राधिकरणले सबै ग्राहकहरुलाई आग्रह गरेको छ ।

साथै प्राधिकरणले उक्त लिंक तथा एसएमएसका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here