खाद्यान्न आयात ३० प्रतिशतले कम गर्ने, भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास

काठमाडौं, १५ जेठ । सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको छ ।

आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमनत्री जनार्दन शर्माले खाद्यान्न ३० प्रतिशत र समग्र आयत २० प्रतिशतले कम गर्ने लक्ष्य रहेको बताएका हुन्।

यस्तै, उनले निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशतले घटाउने पनि बजेटको उद्देश्य रहेको बताए । पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने उद्देश्य सरकारको छ । यस्तै, उनले रोजगारी ३० प्रतिशतले बढाउने पनि बताए ।

आगामाी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने बताए । भूमिहीनलाई आवास उपलब्ध गराउने , नेपालीलाई निरपेक्ष गरिबीबाट माथि ल्याउने उनको भनाइ छ।

स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव सुचाङ्कमा सुधार ल्याउने योजना रहेको उनको भनाइ छ। यो सूचकांक ० दशमलव ६५ पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here