प्रदेश र स्थानीय तहले विभिन्न शीर्षकमा पाउने बजेट बढ्यो, कुनलाई कति ?

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत प्रदेश र स्थानीय तहलाई दिइने बजेट छुट्याएका छन्।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहलाई दिइने बजेट सार्वजनिक गरेको हुन् ।

यसअनुसार प्रदेश र स्थानीय तहको अधिकारको आधारमा समानीकरण अनुदान प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधारसम्बन्धी कार्यान्वयन गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन गरेको छ।

विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड विनियोजन गरेको छ। मन्त्री शर्माले राजस्वबाट स्थानीय तह र प्रदेशलाई एक खर्ब ६३ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here