प्रधानाध्यापकले रु. ५ लाख सम्म खर्च गर्न पाउने, प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज

काठमाडौं, १५ जेठ । अब प्रधानाध्यापकले रु. ५ लाखसम्म खर्च गर्न पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आगामी आव २०७९।८०को बजेटमार्फत यस्तो घोषणा गरेका छन् ।

विश्वविद्यालय, विद्यालय र अन्य शैक्षिक संस्थामा रहेको दरवन्दी पुनरावलोकन गरी स्थानपूर्ति गरिने छ । विद्यालय समायोजन गर्ने योजना पनि बजेटले लिएको छ ।

यसका साथै द्वन्द्वपीडित बालबालिकाका लागि स्थापिन शहिद विद्यालयहरुलाई प्राविधिक विद्यालयमा स्तरोन्नति गरिने र प्राविधिक तथा व्यावसायिक तालिम परिषदको पुनर्संरचना गरिने पनि बजेटमा उल्लेख छ ।

विदेशी प्राध्यापकहरुका लागि भिसा प्रक्रिया सहज बनाइने छ । प्रदेशस्तरमा मेडिकल कलेज स्थापना गर्ने र हाल भएका अस्पतालमा पूर्वाधार विकास गरी सहकार्यको व्यवस्था पनि गरिने छ । प्रधानमन्त्रीको जिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने योजना पनि बजेटमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here