अब ६८ वर्ष पुगेकाले वृद्धभत्ता पाउने, भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान

काठमाडौं, १५ जेठ । सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ।

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । नयाँ व्यवस्था साउनदेखि कार्यान्वयनमा आउनेछ । भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here