वृद्धभत्ता ६८ वर्षमै, भत्ता नलिनेलाई सरकारले सम्मान गर्ने

काठमाडौं, १५ जेठ । अब ६८ बर्ष पुगेका वृद्धवृद्धालले वृद्धभत्ता पाउने भएका छन् । यसअघि सरकारले ७० बर्ष पुरा भएका नागरिकलाई मात्रै वृद्धभत्ता दिने गरेकोमा सरकारको आगामी आर्थिक बर्षको बजेटमा नै यो कुरा उल्लेख गरिएको हो ।

आगामी आर्थिक बर्षको बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ बर्ष पुगेका नागरिकले वृद्धभत्ता पाउने बताएका हुन् । त्यस्तै सो सामाजिक सुरक्षा भत्ता स्वईच्छाले नलिने नागरिकलाई सरकारले सम्मान गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here