किसान पेन्सन आयोजना घोषणा, सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने

सांकेतिक तस्बिर

काठमाडौं, १५ जेठ । सरकारले स्वदेशी किसानको प्रतिष्ठा बढाउन र कृषिमा आकर्षण वृद्धि गर्न किसान पेन्सन आयोजना घोषणा गरेको छ ।

सो कार्यक्रमका लागि बीउ पुँजी रु. १ अर्ब छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

त्यसै गरी एक सय ओटा सामुहिक खाद्यान्न गोदाम स्थापना गर्ने र सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने पनि उनको योजना छ ।
नेपाली किसानलाई प्रवद्धन गरिने पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here