वैदेशिक रोजगारमा गएकालाई आइपीओमा १० प्रतिशत कोटा, ५ अर्बको कारोबार गर्ने कम्पनीले अनिवार्य आइपीओ जारी गर्नुपर्ने

काठमाडौं, १५ जेठ । वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक साधरण सेयर (आइपीओ)मा १० प्रतिशत कोटा छुट्याइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

हाल सामूहिक लगानी कोष र सम्बन्धित कम्पनीका कर्मचारीहरुका लागि मात्रै आइपीओमा कोटा छुट्याइने गरिएको छ ।

त्यस्तै अब वार्षिक ५ अर्ब बढी कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्नु पर्ने छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

अब १ अर्बभन्दा बढी पूँजी भएका वा ५ अर्बभन्दा बढी कारोबार गर्ने वा प्राकृतिक सम्पति प्रयोग गर्ने कम्पनीलाई सेयर जारी गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here