१७ खर्ब ९३ अर्बको संघीय बजेट, राजस्व लक्ष्य १२ खर्ब ४० अर्ब

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि रु. १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएका छन् ।

शर्माले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका हुन्।

यसअनुसार कुल विनियोजनमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत रहेको छ।

वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ।

यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने जनाएइको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here