तारा एयरको बेपत्ता जहाज भेटिएन, खराब मौसमका कारण खोजीकार्य स्थगित

फाइलफोटो

काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीकार्य स्थगित भएको छ । मौसमको खराबी र साँझ पनि परेकाले खोजी खोजीमा परिचालन भएका टोली फर्किएका छन् ।

जहाज खोजी कार्यलाई सोमबार बिहानैदेखि स्थलगत र हवाईमार्गबाट पनि जारी राख्ने जनाइएको छ । उद्धार तथा खोजी टोली अहिले जोमसोममा रहेको छ ।

पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here