आर्थिक वर्ष २०७९/८० को बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड (पूर्णपाठ)

काठमाडौं, १५ जेठ । आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब र स्थानीय तथा प्रदेशको अनुदानका लागि ४ खर्ब २९ अर्ब ८३ करोड (२४ प्रतिशत) विनियोजन गरिएको छ ।

उक्त रकम स्रोत जुटाउन राजस्वबाट १२ खर्ब ४० अर्ब ११, २ खर्ब ५६ आन्तरिक र २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य राखेको छ । यस्तै, ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिनेछ ।

सरकारले चालु आवका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

यस्तो छ पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here