तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो

काठमाडौं, १६ जेठ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका हुन् ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएके थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । आइतबार जहाजको दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो ।

आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here