विमान दुर्घटनामा निधन भएका सबैको शव काठमाडौं ल्याइने, १४ जनाको शव फेला

काठमाडौं १६ जेठ । तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार अहिलेसम्म १४ जनाको शव फेला परेको छ । उनीहरूको शव भने पहिचान हुन बाँकी छ । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् ।

प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ ।

विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।

दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-११ का एकै परिवारका ७ जना परेका छन्। ४२ वर्षीय राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ थिए। उनी मुक्तिनाथ दर्शनका लागि विमानमार्फत् पोखराबाट जोमसोम जाँदै थिए।

विमानमा गोरखाका अर्को एक परिवारका चार जना सवार रहेको पाइएको छ। गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ५ तीनमानेका एकै परिवारका चार जना भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here