मदिरा, सुर्तीजन्य पदार्थ लगायतको कर उच्चदरमा वृद्धि, के-के मा बढ्यो मूल्य ?

फाइलफोटो

काठमाडौं । सरकारले विलासी वस्तुमा उच्च कर वृद्धि गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट मदिरा, सुर्तीजन्य, महँगा मोटरसाइकल, गाडी, कस्मेटिक सामान लगायत वस्तुको कर उच्चदरमा वृद्धि गरेको हो ।

मदिराजन्य पदार्थमा लाग्ने अन्तःशुल्क र भन्सारदर दुवै बढाएको छ । अल्कोहलरहित बियरमा अन्तःशुल्क प्रतिलिटर २० रुपैयाँबाट ३० रुपैयाँ पुर्याएको छ । त्यसैगरी जौबाट बनेको वियरमा अन्तःशुल्क प्रतिलिटर १९८ रुपैयाँबाट २२८ रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै, अन्डिनेर्यड इथाय अल्कोहलमा अन्तःशुल्क प्रतिलिटर ७० बाट ८०, एक्स्ट्रा न्युट्रल अल्कोहलमा ७६ बाट ८६, एनहाइड्रस इथानलमा ९ बाट १२ र वाइनमा १९८ बाट २२८ रुपैयाँ पुर्याइएको छ ।

त्यसैगरी, २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ४५० रुपैयाँबाट ४७२ रुपैयाँ, ३४.२३ प्रतिशत अल्कोहल भएकोमा प्रतिलिटर ५५५ रुपैयाँबाट ६१० रुपैयाँ, ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा ११०५ रुपैयाँबाट बढाएर १२१५ रुपैयाँ, ४२.८ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ११८८ रुपैयाँबाट बढाएर १३०६ रुपैयाँ, ४८.५ प्रतिशतसम्म अल्कोहल भएकोमा १५९२ रुपैयाँबाट १७५० रुपैयाँ पुर्याइएको छ ।

चुरोटमा फिल्टरका आधारमा एक खिल्लीमा कम्तीमा ७१ पैसा बढीमा ७ रुपैयाँसम्म कर बढेको हो । स्वास्थ्य जोखिम करलाई यथावत राखेको सरकारले फिल्टर नभएका सुर्तीको चुरोटमा प्रति एम ६१८ रुपैयाँबाट बढाएर कर ७१० रुपैयाँ पुर्याइएको छ ।

साथै सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली २१ रुपैयाँबाट ३० रुपैयाँ बनाइएको छ । ६० मिलिमिटरको फिल्टरयुक्त चुरोटमा कर प्रति एम १४१८ रुपैयाँ १६३५ रुपैयाँ, ७० देखि ७५ मिलिमिटर फिल्टर भएको चुरोटमा प्रति एम १८४३ रुपैयाँबाट २२२५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, ७५ देखि ८५ एमएमसम्म फिल्टर भएको चुरोटमा प्रतिएम २४०० रुपैयाँबाट २८००, ८५ एमएम भन्दा माथिको फिल्टरको चुरोटमा प्रति एम ३३९३ बाट ३९६५ रुपैयाँ पुर्याएको छ । जर्दा सुर्ती खैनीमा लाग्ने कर प्रतिकिलो ८१२ रुपैयाँबाट ८२१ रुपैयाँ, चुना सुर्तीमा किलोमा ४१८ रुपैयाँबाट ४६० रुपैयाँ पुर्याइएको छ । वाटरपाइप तम्बाकुको मूल्य प्रतिकेजी १६६८ बाट २००० रूपैयाँ कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here