काठमाडौं महानगर प्रमुख बालेन्द्रले लिए शपथ

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ लिएका छन्। राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच शाहले शपथ लिएका हुन्।

शपथ ग्रहणअघि निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो। नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् ।

मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here