नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव-‘फोहोर व्यवस्थापनदेखि रेष्टुरेन्टहरुको शौचालय निःशुल्क प्रयोगसम्म’

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा ६ वटा एजेन्डामा छलफल भएका छन्।

सोमबार बसेको महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनलाई राखेका प्रमुख एजेण्डाको रुपमा फोहोर व्यवस्थापनलाई राखेका छन् ।

उनले उनले काठमाडौं महानगरपालिकाको फोहोर सिसडोल बन्चरेडाँडामा फ्याँक्ने गरिएको भन्दै त्यसबाट हुने हानी न्यूनिकरण गर्न पहल गर्न आह्वान गरेका थिए।

त्यस्तै उनले महानगरभित्र रहेका चिकेन स्टेसन र बर्गर हाउस नाम गरेका रेष्टुरेन्टमा रहेका शौचालय महानगरवासीले निःशुल्क प्रयोग गर्न सक्ने बताए ।

‘यस्ता रेष्टुरेन्टका अगाडि निःशुल्क शौचालय लेखिएको साइन बोर्ड हुनेछ । जोसुकैले यो शौचालय निःशुल्क प्रयोग गर्न पाउनेछन्,’ उनले भने ।

महानगरभित्र रहेका अरु चेन रेष्टुरेन्टसँग पनि निःशुल्क शौचालय प्रयोग गर्न मिल्ने गरी छलफल भइरहेको बालेनले बताए । नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समते उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here