बागमती प्रदेश नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषिमा प्राथमिकता (पूर्ण पाठसहित)

काठमाडौं, १६ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १ सय ६६ वटा बुँदामा विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको प्रस्तुत नीति कार्यक्रमले देखाएको छ ।

नसर्ने रोग व्यापक रूपमा बढ्दै गइरहेको सन्दर्भमा प्रदेश अस्पताल र स्थानीय तहको सहकार्यमा रोगको नियन्त्रण पहिचान र स्वास्थ्य परीक्षण कार्यलाई सघन रूपमा सञ्चालन गरिने जनाइएको छ ।

सरकारले प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरुमा एक विद्यालय/एक नर्स कार्यक्रमलाई निरन्तरता दिने प्रदेश प्रमुख शर्माले बताएका छन्। चालू अवस्थामा रहेको उक्त कार्यक्रमलाई सरकारले अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने जनाएको छ।

त्यस्तैगरी प्रदेश सरकारले उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ। प्रदेश सरकारले प्रदेशमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालन गर्ने भएको छ। पाँच वर्ष भित्र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम ल्याइने सरकारले घोषणा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here