काठमाडौं, १७ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेमा दुर्घटना भएको तारा एयरको जहाजमा परेर निधन भएका २२ जनाको शव भेटिएको छ।
हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएकोहो ।
भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो अन्य १० जनाको शव आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको छ ।
आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।