पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टियो, उडान अवरुद्ध

काठमाडौं । पोखरा विमानस्थलमा हवाईजहाजमा इन्धन भर्ने ट्यांकर (रिफ्युलर)पल्टिएको छ । बुद्ध एयरको जहाजमा तेल भर्न जाने क्रममा तेलको ट्यांकर पल्टिएपछि अहिले सबै उडान अवरुद्ध भएको छ ।

विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न नपाएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार ट्यांकर पल्टिएपछि पोखरामा हुने बिहानका सबै उडान अवतरण अवरुद्ध बनेको छ ।

अहिले क्रेनले पल्टेको ट्यांकर र पोखिएको तेल उठाउने काम भइरहेको छ । विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको विमानस्थल कार्यलयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here