रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार १ अर्ब ३१ करोडमा सीमित

काठमाडौं, १७ जेठ । शेयर बजार दोहोरो अंकले घटेको छ ।

साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२७ कम्पनीको १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँ बराबरको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने घटेको आएको छ । सोमवार १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्डबाहेक अरु सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको बजारमा आज पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको साधरण र प्रमोटर दुवै शेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्स ६.५०, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५, मल्टिपर्पस फाइनान्स ५.३८, प्रभु इन्स्योरेन्स ५.२८, राष्ट्रिय बीमा कम्पनीे प्रमोटर शेयर ५.१५, मैलुङखोला ५.१२, नेपाल इन्स्योरेन्स र समृद्धि फाइनान्सको शेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँकोे शेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंक झन्डै ४ करोड र हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here