बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बढ्यो, सीडी रेसियो ९०.४१ प्रतिशत

काठमाडौं, १७ जेठ । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार आएको छ ।

नेपाल बैंकर्स संघका तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा जेठ पहिलो साताको तुलनामा दोश्रो सातामा क्रमशः ६ र ४ अर्ब रूपैयाँले बढेको हो ।

जेठ ६ गतेसम्म ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको निक्षेप जेठ १३ गतेसम्म ६ अर्बले बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले चार अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार जेठ ५ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

उक्त कर्जा प्रवाह ४ अर्बले बढेर जेठ १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकले देखाएको छ । गत साता ९०.६० प्रतिशत रहेको बैंकहरुको सीडी रेसियो यो साता घटेर ९०.४१ प्रतिशतमा सीमित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here