आन्तरिक उडानका लागि ‘इनरुट’ मौसम सफा अनिवार्य, नत्र उडान अनुमति नदिने

काठमाडौं, १७ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको छ ।

तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो।

यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ।

प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ ।

पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा प्राधिकरणले उडान अनुमति दिने गरेकोमा अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको र यसले यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here