मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, यसरी पठाउनुहोस्

काठमाडौं, १७ जेठ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति बनाउने गृहकार्य थालेको छ ।

जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आधारित रही राष्ट्रबैंकले मौद्रिक नीति बनाउने गृहकार्य थालेको हो ।

बैंकले सूचना जारी गरि मौद्रिक नीतिमा रायरसुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्छ।

केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

राष्ट्र बैंकले ल्याउने आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ ।

बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना monetarypolicy@nrb.org.np सुझाव तथा राय पठाउन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here