काठमाडौं, १८ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
स्टकका अनुसार संस्थाको ९.३३ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ९ सय ८७ रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ८० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।