बजेट आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ उन्मुख छैन,स्रोतका स्पष्ट आधार के ?

काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेट आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ उन्मुख नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

आगामी निर्वाचनलाई लक्षित गरेर मात्र बजेट ल्याइएको भन्दै उनले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने बताए ।

साथै, स्रोत र कार्यान्वयनको आधार नै बजेटले प्रस्तुत गर्न नसकेको उनको भनाइ छ । “यो बजेट केवल आगामी निर्वाचन लक्षित छ । स्रोत र कार्यान्वयनको आधार केही छैन । अनुमानको आधारमा बजेट बनाइएको छ,” उनले भने ।

सांसद लिङदेनले बजेटमा एक घण्टामा चितवन पुग्ने मार्ग बनाउने भन्नलाई आधार र स्रोत के हो भन्दै प्रश्न गरे । साथै, बन्द रहेको हैटौडा उद्योगबाट उत्पादन हुने लुगा लगाउन अनिवार्य गरे पनि उत्पादन चाहिँ कहिलेबाट हुने भन्दै प्रश्न उठाए ।

अहिले जुन प्रकारको आर्थिक संकट देखिंदै गएको छ, जुन प्रकारको मूल्यवृद्धि देखिंदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केबल निर्वाचन लक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ ।’

अध्यक्ष लिङ्देनले यो बजेटको स्रोत र यसको कार्यान्वयनका आधारहरु स्पष्ट नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here