बजेट नपत्याएको शेयर बजार, दीर्घकालीन लगानीका लागि उत्तम अवसर !

काठमाडौं, १८ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।

बजेट घोषणापछिको पहिलो कारोबार दिन सोमबार ५० अंकले घटेको नेप्से दोस्रोदिन ३५ अंकले र आज ७ घटेको छ ।

पछिल्लो तीन कारोबार दिनमै नेप्से ९२ अंकले घटेको छ । बुधवार नेप्से ७.२६ अंकले घटेर २१३०.७१ विन्दुमा आइपुगेको छ ।

यसदिन २२७ कम्पनीको १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँ बराबरको ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने घटेको आएको छ । मंगलवार १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये तीन समूहबाहेक अरु सबै समूहको परिसूचक घटेको छ । घट्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा भने पाजेटिभ सर्किट लागेको छ ।

मैलुङ खोलाको शेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ भने बलेफी हाइड्रोपावरको करिब १० प्रतिशतले बढेको छ ।

मैलुङखाला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५२८ रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १३९.४० रुपैयाँ पुगेको छ ।

शिखर इन्स्योरेन्सको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक ७.२५, गुँरास लघुवित्त ७.०१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ६.८०, मानुषि लघुवित्त ४.७२, एनआइसी एशिया ग्रोथ फण्ड ४.७१, सूर्य लाइफ, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इदिमर्दी र विजय लघुवित्तका शेयरधनीले साढे ३ प्रतिशत गुमाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी साढे ४ करोड र शिखर इन्स्योरेन्स पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

शेयर बजार दिनप्रतिदिन घटिरहेको छ । बजेटको भोलीपल्ट उच्च अंकले घटेको बजारमा क्रमिक सुधार भने आएको देखिन्छ । त्यस अवस्था हेर्दा यो बिन्दुमा शेयर किन्नेहरु पछुताउन नपर्ने लगानीकर्ताहरुको तर्क छ ।

नेप्से अझै केहि झर्न तर अहिले शेयर किन्नेहरुले केहि महिनामै राम्रो मुनाफा भने पक्कै कमाउने लगानीकर्ताहरुले आंकलन रहेको छ । कतिपय कम्पनीहरुको शेयर मूल्यमा भने ५० प्रतिशत भन्दा बढिले गिरावट आइसकेको छ ।

त्यसैले अब बिस्तारै आफ्नो क्षमता अनुसार शेयर किन्दै जादाँ उपयुक्त हुने देखिन्छ । तैपनि लगानीकर्ताहरु पर्ख र हेर कै अवस्थामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here