आइएमई पे को ‘रिफर एण्ड अर्न’ अफर, २५ रूपैयाँ बोनस पाइने

काठमाडौं । आइएमई पेले ‘रिफर एन्ड अर्न’ अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरूले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथीभाइ माझ सेयर गर्नुपर्ने हुन्छ।

प्रापकले सो कोड स्विकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी अपडेट गरेर प्रयोग गरे पश्चात् दुवै जनाले २५ रूपैयाँ आफ्नो आइएमई पे वालेटमा पाउछन्।

‘प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ । प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे एपको ‘रिफर फ्रेन्ड’ भागबाट वा यो लिंक बाट रिफर कोड प्राप्त गर्न सक्नुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

आईएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आईएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताएको छ । यस अफरले अवस्थित सेवाग्राहीहरू पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आईएमई पेले विश्वास व्यक्त गरेको छ ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here