फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई मासिक घाटा ६ अर्ब १५ करोड

काठमाडौं, १९ जेठ । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीले निगमलाई बुधवार (जेठ १८ गते) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर नयाँ मूल्यसूचीमा पेट्रोलमा मात्र प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढाइएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य बढे पनि डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा भने घटेर आएको जनाएको छ। डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ।

यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ। नयाँ मूल्यपछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने बताएको छ।

यो हिसाब हेर्दा निगमलाई अहिले पेट्रोल २ सय २ रुपैयाँ ९३ पैसा लागत परेको छ। त्यस्तै डिजेल १८२ रुपैयाँ र मट्टीतेल १ सय ४७ रुपैयाँ परेको छ।

झण्डै २०३ रुपैयाँ मा किनेर निगमले १ सय ८० रुपैयाँ पेट्रोल बेचिरहेको छ। अर्थात् निगमले पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ घाटा देखाएको छ भने डिजेलमा करीब २० रुपैयाँ घाटा देखाएको छ।

मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा करीब ३ अर्ब साढे करोड रुपैयाँ घाटा हुने अवस्था रहेको जनाएको छ । भने असार मसान्तसाँ ६० अर्ब घाटा हुने अवस्था रहेको छ । इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here