रोजगारदाताले सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गरिदिएका छन् कि छैनन् ? यसरी थाहा पाउनुहोस्

काठमाडौं, १९ जेठ । सामाजिक सुरक्षा कोषमा १७ हजार ११२ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्।

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ३८ हजार १५० श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म १८ अर्ब ४२ करोड योगदान रकम संकलन भएको छ ।

विभिन्न चार योजनाअन्तर्गत १६ हजार ७८९ योगदानकर्तालाई १ अर्ब २९ करोड ८३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । यो तथ्यांक जेठ १८ सार्वजनिक गरिएको दैनिक बुलेटिनको हो ।

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । १६ हजार १२२ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत १८ करोड ३७ लाख २५ हजार ६२९ रुपैयाँ भुक्तानी भएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ६३६ लाभग्राहीलाई १ करोड ७७ लाख ८७ हजार ७९० रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबाट ३ हजार २९लाभग्राहीलाई ३ करोड १५ लाख ४ हजार ४९ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै वृद्धावस्था सुरक्षा योजनाबाट १६९८२ लाभग्राहीलाई १ अर्ब ६ करोड ६७ लाख २२ हजार २७८ भुक्तानी दिइएको कोषले जनाएको छ ।

यही अवधिसम्ममा कोषमा रु १८ अर्ब ४२ करोड योगदान संकलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषले ल्याएका विभिन्न योजनाप्रति योगदानकर्ताको आकर्षण बढाउन केही योजनाको परिमार्जन गरिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता निकायले बचतकर्तालाई दिएका सुविधा सामाजिक सुरक्षा कोषले पनि कार्यान्वयनमा ल्याएको छ ।

सूचीकृत योगदानकर्ताले कोषबाट विशेष सापटी, शैक्षिक कर्जा, आवाश कर्जालगायत सुविधा पाउनेछन् । २०७५ मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा योजना सुरू गरिएको थियो ।

निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले ज्यान गुमाएकाहरुका परिवारलाई पेन्सनको व्यवस्था छ ।

रोजगारदाताले रकम जम्मा गरिदिएका छन् कि छैनन्, यसको लागि यो भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here