संघीय सरकारबाट पाउने बजेट तपाइको पालिकालाई कति ? (सूचीसहित)

काठमाडौं, १९ जेठ । संघीय सरकारबाट प्रदेश र स्थानीय तहले पाउने रकम सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई पठाउने बजेट टुङ्गो लगाइसकेको छ ।

पालिकाले तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ र प्रदेशले एक खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ बजेट पाएका छन् ।

स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।

समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले ६ महानगरपालिकाका लागि १० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेट देशभरका ११ उपमहानगरपालिकाका लागि १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस्तो बजेट नगरपालिकाका लागि १ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ छ ।

स्थानीय तहमा पठाएको बजेट देशैभरका गाउँपालिकाका लागि १ खर्ब ४६ अर्ब १७ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ ।

कुन स्थानीय तहले कति पाए बजेट ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here