बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं, २० जेठ । बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ आजदेखि सर्वसाधारणका लागि विक्री खुला भएको छ ।

प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । सर्वसाधारणले भने १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गते बन्द हुनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here